२०८० फाल्गुन ८ गते मङ्गलवार
२०८० फाल्गुन ८ गते मङ्गलवार

राप्रपा सरकारबाट बाहिरिने निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारमा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री हुनुहुन्छ । सङ्घीय सरकारसँगै प्रदेश सरकारबाट पनि बाहिरिने उहाँले बताउनुभयो ।