२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

उबासंघको स्थापना दिवसमा मैत्रिपुर्ण खेलकुद प्रतियोगीता सुरू

दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको व्यावसायीहरु विच मैत्रिपुर्ण खेलकुद प्रतियोगीता सुरु गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरिएको हो । शनिवार व्यावसायीहरु विच मैत्रिपुर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको हो । विहान भएको खेलमा राप्ती अटो इन्जीनियरीङ एशोसियसन शुन्यका विरुद्ध ६ गोलले विजयी भएको थियो ।
दाङ जिल्ला फाटो ग्राफ एशोसियसन र राप्ती अटो इन्जीनियरीङ एशोसियसन विच भएको थियो । दिउसो भएको पहिलो खेलमा शुन्यका विरुद्ध ५ गोलले रेडिमेट फेन्सी व्यवसायी समिती विजयी भएको थियो । पहिलो खेल रेडिमेट फेन्सी व्यावसायी र गल्ला किराना व्यावसायी विच भएको थियो । दोस्रो खेलमा शुन्यका विरुद्ध २ गोलले मोवाइल तथा इलेक्टोनिक व्यावसायी समिती विजयी भएको थियो । दोस्रो खेल मोवाइल तथा इलेक्टोनिक व्यावसायी र सुन चाँदी व्यावसायीहरु विच भएको फुटवल प्रतियोगीता समितीका संयोजक माधव खनालले जानकारी दिए । प्रतियोगीतामा प्राविधिक सहयोग रिपुमर्दन गण घोराहीले गरेको थियो । उद्घाटन कार्यक्रममा वोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले खेलले व्यावसायीहरु विच परिचयात्मक, आपसी सहयोग आदान प्रदान गर्न सहयोग पुग्ने बताए । ‘हामीले व्यावसायीहरु विच आफसमा चिनजान, रमाइलोका लागि प्रतियोगीता आयोजना गरेका हौ’ उनले भने । खेलले मानिसलाइ स्वस्थ राख्न समेत सहयोग पुग्ने उनको भनाइ रहेको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । संघले स्थापना दिवसको अवसरमा रक्तदान, फुटवल, हाजिरी जवाफ, दौड, बोरा दौड प्रतियोगीता आयोजना गरेको छ । संघले आफनो ५२ स्थापना दिवस यही आउदो चैत ९ गते र ११ गते साधारण सभा गर्न थालेको छ । संघको स्थापना २०२७ सालमा भएको हो । संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु आयोजना गरि मनाउने गरेको छ ।