दाङको शान्तिनगर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा चाेरी भएकाे छ । गाउँपालिकाकाे कार्यालय चिराघाट शिक्षा युवा तथा खेलकुद शाखाकाे ताला फाेडेर चोरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभएको छ । सिसीटिभी फुटेज हेर्दा शनिवार विहान ३ बजे तिर शिक्षा युवा तथा खेलकुद शाखाको ताला फोडेर भित्र प्रवेश गरी चोरले कम्युटर, सिपियु र प्रिन्टर मेसिनलगायत चाेरी गरेकाे छ । सिसीटिभि फुटेजमा चाेरकाे अनुहार देखिए पनि चाेरकाे पहिचान हुन सकेकाे छैन् ।
सीसीटीभी फुटेज हेरेर अनुसन्धान अगाडी बढाइएको प्रहरी चौकी चिराघाटले जानकारी दिएकाे छ ।