तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी सञ्चारकर्मी अनिता भुसालको मृत्यु भएको छ । २१ वर्षीया भुसालको उपचारको क्रममा गएराती १२ बजे लखनउमा मृत्यु भएको हो । सेतो रक्त कोषको कमीले मुटुमा असर गरेपछि उनलाई काठमाडौं हुँदै उपचारको लागि पछिल्लो पटक लखनउ लगिएको थियो ।
नेपाल प्रेस युनियन दाङको सदस्य समेत रहेकी भुसाल तुलसीपुर स्थित रेडियो सञ्जीवनीमा प्राविधिक रुपमा काम गरेकी थिइन् । उनको एक छोरा छन् ।