२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

थामिएन वैदेशिक रोजगारीमा जानेको लर्को 

 

सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।

विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् । विभागका महानिर्देशक उमाकान्त आचार्यले भने, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।”
पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।