२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा पीकअप दुर्घटना हुँदा दुई जना घाइते

दाङकाे तुलसीपुरमा पीकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ त ३८४ नं. को पीकअप सल्यान रोडमा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा चालक सल्यान कपुरकोट गाउँपालिका वडा नं. ४ का २२ वर्षीय प्रकाश वली र सोही ठाउँका २८ वर्षीय देब बहादुर विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । पीकअप ओभर स्पीडका कारण दुर्घटना भएको प्रहरीले बताएकाे छ ।