२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

दाङमा भेरी मौरीको टोकाईबाट एक जना घाइते

दाङमा भेरी मौरीको टोकाईबाट एक जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजेको समयमा दंगीशरण गाउँपालिका वडा नं. ४ बैवाङ निवासी ५५ वर्षीय होपाराम चौधरीलाई भेरी मौरीले टोकेर घाइते भएको प्रहरीले बताएको छ ।

बाटोमै हिडी रहेका चौधरीलाई तुलसीपुर ११ सुकौरा पुल नजिकै भेरी मौरीले टोकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । घाइते चौधरीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भईरहेको छ ।