नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (क) को प्रथम सम्मेलन बुधवार तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा अनुशासित नेता कार्यकर्ता आवश्यक भएको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि पुनले अव काँग्रेसले विगतका कमिकमजोरीहरु सच्याउदै पार्टीलाई केन्द्रसम्म बलियो बनाउनको लागि पहिले वडास्तर बलियो बनाउनु पर्ने बताए । कार्यक्रमममा नेपाली काँग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले देशभरका जिल्ला मध्ये दाङ काँग्रेसले पहिलो पटक सम्मेलनको सुरुवात गरेको भन्दै संगठनको बिद्यानमा भएको आधारलाई सुरु गरेको यसबाट सफलता मिलेको बताए। उनले क्रियासील सदस्य सवै भन्दा ठुलो शक्ती भएको भन्दै संगठन निर्माणमा सवै लाग्नु पर्ने बताए । ‘ सबैले काँग्रेस बिग्रेको कुरा गर्नु भन्दा कहाँ नेर बिग्र्यो भनेर कमजोरीलाई औल्याउँदै जानू पर्छ उनले भने ।’
नेपाली काग्रेस क्षेत्र न ३ (क) का सभापति देबेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारीले विभिन्न बादले गर्दा नेपालको राजनितिमा समस्या आएको भन्दै गुटउपगुट त्याग्दै नाति संग चुनावी प्रतिस्पर्धाको अत्य हुनुपर्ने बताए । कार्यक्रममा काँग्रेस नेता शंकर गिरी, काँग्रेस नेता महादेव शाह,नेता केशबराज आचार्य, नेपाली काम्ग्रेस दाङका सचिबद्वय बालिका लम्साल,अर्जुन याेगी, कोषाध्यक्ष प्रकाश सुबेदि,सहसचिब सुबोध डाँगी,नेपाली काँग्रेस दाङ क्षेत्र न ३ का सभापति जगत बहादुर खडका,महाधिवेशन प्रतिनिधिहरु कृष्णकुमार गिरी, सुष्मा गिरी,दलित संघ लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिश्वकर्मा,महाधिवेशन प्रतिनिधि टोप बहादुर केसी, देबिका नेपाली,देबा डाँगी, महाधिवेशन प्रतिनिधि चित्रा गिरी, घनस्याम ढकाल,सुशिला सुवेदी,
नेपाली काम्ग्रेस क्षेत्र न ३ (ख)का सभापति खिम बहादुर वली, नेपाली काँग्रेस दाङका पुर्ब सचिब टेकबहादुर वलीले बाेलेका थिए ।
यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य पदमा चौधरी,तुलसीपुर नगर सभापति सुरेश हमाल,शान्तिनगर गाउपालिका सभापति झलक केसी,पुर्ब महाधिवेशन प्रतिनिधि चेत बहादुर सेर्पाइली,प्रदेश प्रतिनिधि मुक्ती प्रसाद न्यौपाने दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, वडा न १३ इकाई सभापति चेतकान्त योगि,नेता एकराज आचार्यले लगायतले बाेलेका थिए।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र न ३ (क) का कोषाध्यक्ष यमुना कंडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने सचिब तेज बहादुर डाँगीले प्रगती प्रतिबेदन प्रस्तुत गरे । नेपाली काँग्रेस क्षेत्र न ३ (क) का उपसभापति पुष्प गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब किरण केसीले गरेका थिए । यसैबिच नेपाली कांग्रेस क्षेत्र नं. ३ क को प्रदेश सम्मेलनमा नेपाली कांग्रेसका युवा नेता ललितजंग शाहले स्वर्गीय आमा जनकदेवी शाहको सम्झनामा २५ हजार ५ सय रुपैयाको अक्ष्यकोष स्थापना गरेका छन ।