दिपक गिरी दाङ क्षेत्र नं. ३ का सांसद हुनुहुन्छ । गएकाे चुनावमा पश्चिमदाङबासीले अत्याधिक मतले गिरीलाई विजयी बनाएका छन् । दिपक गिरी नेपाली कांग्रेसका प्रभावशाली युवा नेता हुनुहुन्छ । लुम्विनी प्रदेशबाट प्रभावशाली नेताका रूपमा उहाँ चिनिनुहुन्छ ।
नेपाल बिद्यार्थी संघबाट आफ्नो राजनैतिक यात्रा आरम्भ गरी २०३६ सालको तेस्रो महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भई लामो समयदेखि राजनीति गर्दै आउनुभएका माननिय दीपक गिरी अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ। संसद हुदा होस् वा बाहिर रहेको बेला होस उहाँले गरेको काम देखेर नै दीपक गिरी देश भरका युवाहरु माझ लोकप्रिय नेता मध्ये एक हुनुहुन्छ। सबैलाई समेटेर लैजान सक्ने क्षमता भएकै कारण होला उहाँ हरेक राजनैतिक यात्रामा सफलता प्राप्त गर्दै आउनुभएको छ। प्रत्येक ३/३ महिनामा आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष रुपमा जनतामाझ गई गुनासो सुन्ने, समस्याको समाधान गर्ने, हरेक सुख दुःखमा साथ दिने , सदैव जनताको पक्षमा आवाज उठाउने र आबस्यक परेको बेला छिटो निर्णय लिन सक्ने क्षमताले भरिपूर्ण हुनुहुन्छ दीपक गिरी।
२०७० को निर्वाचनमा अत्याधिक बहुमतका साथ दाङ्ग निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएपछि पहिलो पटक छोटो समय मन्त्रालय सम्हालेको दीपक गिरीले विकासमा एउटा लहर अनि तरङ्ग ल्याउनु भएको समग्र देशबासीले छर्लङ्ग देखेका छन्। त्यसैको परिणामस्वरूप होला नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका दीपक गिरी साविकको राप्ती अञ्चलमै अत्याधिक बहुमतका साथ बिजयी हुने नेता हुनुहुन्छ दीपक गिरी।
उहाँ आफुमात्र निर्वाचित नभइ आफ्नो गृह जिल्ला दाङ्गका तिन प्रतिनिधि सभा र ६ प्रदेश सभामा नेकपा एमालेका महासचिव समेत रहेका शंकर पोखरेललगाएतका उमेद्वारहरुलाई हारको स्वाद चखाई समग्र जिल्लामै गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतका साथ बिजयी बनाउन सफल हुनुभएको थियो।
छोटो समय मन्त्री भएको अवधिमा गरेका विकास योजनाहरु जस्तै बबई सिँचाइ आयोजना, बागमती सिचाई आयोजना , प्रगन्ना सिचाई आयोजना , बृहत दाङ्ग उपत्यका सिचाई आयोजना पुर्बमा विरीङ्ग , बक्राहा , रतुवा , त्रियुगा , कमलादेवी लिएर पस्चिममा बबई , राप्ती , कर्णाली, हुदै सुदुरपश्चिमका मोहना कान्द्रा महाकाली जोगबुढा नदी नियन्त्रण जस्ता ठूला आयोजना ल्याई समग्र सिचाई क्षेत्रमा पुर्याएको योगदानले गर्दा पनि जनतामाझ लोकप्रिय हुनुहुन्छ दीपक गिरी। अहिले बन्दै गरेको नयाँ मन्त्रीमन्डलमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्नेमा लुम्बिनी प्रदेशवाटै अग्र स्थानमा हुनुहुन्छ। दाङ्ग क्षेत्र नं ३ का सांसद माननिय दीपक गिरी वर्तमान अवस्थामा बलियो सम्भावना भएका दाबेदार समेत हुनुहुन्छ। चाहे सडक होस या सदन सदैव जनताको पक्षमा आफ्नो बुलन्द आवाज उठाउने सांसद दीपक गीरीको यो पटक मन्त्रीमण्डलमा पल्ला भारी देखिएको छ।