दाङ शान्तिनगर गाउँपालिका वडा नं. ५,६ र७ वडाको आयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम हुने भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ५ वडा कार्यलयमा बसेको वडा जनप्रतिनिधि, वडाका महिला तथा संघसंस्था प्रतिनिधिहरुको बैठकले फागुन २४ गते ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साविका धनौरीका तिन वटै वडाले संयुक्तरुपमा विविध प्रतियोगिताको आयोजना गरी मनाउने निर्णय गरेको हो ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन कार्यक्रम आयोजक कमिटि पनि गठन गरिएको छ । कार्यक्रममा महिला लोकगित प्रतियोगिता, कुर्सी दौड, घैटा फोर, थारु नृत्य तथा झाकी प्रस्तुत गरिने भएको छ । यसैगरी वडा भित्रका श्रमिक महिलाहरुलाई सम्मान पनि गरिने भएको छ । बैठकमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओपेन्द्र वहादुर रावत, वडा नं. ६ का वडा अध्यक्ष शेर वहादुर भण्डारी, कार्यपालिका सदस्य राज कुमारी चौधरी, वडा सदस्यहरु गंगाराम डाँगी, लक्ष्मी चौधरी, महिला रक्षक सञ्जाल शान्तिनगर संयोजक राधिकार परियार, सिड संस्था प्रतिनिधि सरिता चौधरी, सुबास स्मृति सहकारी संस्था रगैजा अध्यक्ष रिता बटाला, छहरा अनलाइन निर्देशक प्रेम पुन लगायतको सहभागिता रहेको थियो ।