दाङको हापुरेमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक गम्भिर घाइते भएका छन । आज विहान तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको बा ६१ प ५८०२ को मोटरसाइकलले सोही दिसा तर्फ जाँदै गरेको साइकललाई हापुरेमा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय हापुरको प्रमुख भिम वहादुर सुनारले जानकारी दिनुभयो ।
घाइते हुनेमा बबई गाउँपालिका वडा नं. ५ का साइकल चालक खिम बहादुर सोति घाइते रहेका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । यसैगरी अछाम जिल्ला पन्चदेवल बिनायक नगरपालिका वडा नं.१ का मोटरसाइकल चालक तिर्थ राज ढकाल पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको हापुरेमा रहेको माता मनकामना पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । मोटरसाइकल चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर भइरहेको छ भने साइकल चालकलाई नेपालगञ्ज मेडिकल रिफर गरिएको छ ।