२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

नेपाली कांग्रेस शान्तिनगरद्धारा घटनाको दुख व्यक्त, नदिजन्य पदार्थ उत्खनन् घटनाको सत्यतथ्य छानविन गर्ने


नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाले शान्तिनगर गाउँपालिकामा घटेको घटना प्रति दुख व्यक्त गरेको छ । नेपाली कांग्रेस शान्तिनगरको बैठकले शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथिको भएको घटना प्रति दुख व्यक्त गरेको हो । दुबै पक्षले बार्ता र सम्बादद्धारा समस्याको समाधान गर्न सकिने माध्यम हुदाहुदै सो घटनाको सिर्जना हुनु दुखद भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ ।

बौलाह खोलाको विष्णुपुर घाटमा नदिजन्य पदार्थ उत्खनन्को विषयमा लिएर घटना भएको भन्दै नेपाली कांग्रेस शान्तिनगरले यसको सत्यतथ्य छानविन गर्ने निर्णय गरेको छ । यसका लागि नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा विजय केसी, रमेश के.सी, खिमराज डाँगी (पारस), पार्वती पुन रहनु भएको छ । छानविन समितिले बौलाखोलाको नदिजन्य पदार्थ उत्खनन्को सत्यतथ्य बाहिर ल्याउने जनाएको छ । गत १९ गते बौलाह खोलाको विष्णुपुर घाटमा नदिजन्य पदार्थ उत्खनन्को विषयमा लिएर शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वलीले गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृत खड्कामाथि हातपात प्रयास भएको आरोप छ । शान्तिनगर गाउँपालिका कर्मचारीले दोसीलाई कारबाही र कार्यलयमा सुरक्षित कार्यवातावरण नभएको भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सेवा संचालन बन्द गरेका छन् । यसले गर्दा शान्तिनगर गाउँपालिका तथा वडा कार्यालयका कामकाज बन्द भएको छन् ।

यसैगरी नेपाली कांग्रेस शान्तिनगरले यस बर्षलाई पार्टी भवन निर्माण बर्षको रुपमा लिएर अगाडि बढाएको छ । भवन निर्माण गर्नका लागि पार्टीका कोषाध्यक्ष थमन कडेलको संयोजकत्वमा वडा नं. ४ का सभापति चेत वहादुर डाँगी र वडा नं. ५ का सभापति ओपेन्द्र वहादुर रावतको सदस्य रहेको कार्यदल पनि गठन गरिएको छ ।