२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

दाङमा ७५ बर्षीय बृद्ध ३५ बर्षीया महिलाकाे मायाजालमा फस्दा सम्पति सकियाे

दाङमा एक ७५ बर्षीय बृद्ध दाङकै ३५ बर्षीया महिलाकाे मायाजाल फस्दा घरकाे सम्पति सकिएकाे छ । लमही नगरपालिका वडा नं. – ९ अमिलियाका ७५ बर्षीय जानकिलाल बस्नेत तुलसीपुर ६ बरूवागाउँ ३५ बर्षीया महिलाकाे नाटकिय मायाजालमा फस्दा सम्पति सकिएकाे हाे । उनी तरुणीको पछि लाग्दा लाखौं सम्पत्ति गुमाएका छन् । ती महिलाले बस्नेतसंग विहे गर्ने र बुढेसकालकाे साहरा बन्ने बाचा सहितकाे झुठाे नाटकमञ्चन गरि जग्गा पास गरेकी थिइन ।
गत कात्तिक २८ गते बस्नेतको नाममा रहेको अमिलियास्थित १२ कठ्ठा १५ धुर जग्गा ती महिलाको नाममा पास भएको थियो । त्यसपछि उनी सम्पर्क विहिन भइन् । त्यसपछि बस्नेतले जिल्ला प्रहरी कार्यालयमा मायाजालको नाटक गरि झुक्याएर जग्गा फुत्काएको भन्दै जग्गा फिर्ता पाउनु पर्ने माग गर्दै ती महिला बिरुद्ध माघ २५ गते जाहेरी दिएका थिए । जाहेरी पछि ती महिला हाल प्रहरी हिरासतमा रहेकी छन् ।
स्रोतका अनुसार ती महिलाले उक्त जग्गा एक सहकारीमा धितोमा राखेर झन्डै १६ लाख बढी रकम झिकिसकेकी छन् । जग्गा आफ्नो नाममा नामसारी गरि सकेपछि उनले मतलव गर्न छोडेपछि बल्ल आँफुमाथि प्रेमको नाटक मञ्चन गरि सम्पत्ति कब्जा गर्ने षड्यन्त्र भएको कुरा आँफुले चाल पाएको बस्नेतले बताए ।

ती महिला संग बस्नेतको गत बर्ष जेठ महिना पछि फोन सम्बाद सुरु भएको थियो । फोनबाट कुरा गर्दा गर्दै उनीहरु एक अर्कालाई श्रीमान श्रीमतिको रुपमा स्वीकार्न राजी भएको बस्नेतले बताए । औपचारिक रुपमा बिहे नगरेपनि बिश्वासमा परी आँफुले सम्पत्ति दिन राजी भएको बस्नेत बताउँछन् ।
जग्गा बाहेक पटक/पटक गरि एकलाख ११ हजार रुपैंया लगेको र एउटा सुनको औंठीपनि दिएको बस्नेतकाे दावी छ ।
बस्नेतका अनुसार उनकी श्रीमतिको दश बर्ष पहिले मृत्यु भएको थियो । एक्ला छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको तथा दुई छोरीको बिहे भइ सकेको बस्नेतले बताए । बस्नेत घरमा एक्लै बस्दै आएका थिए ।

तुलसीपुर बसपार्ककी एक सुनार थरकी महिलाले बस्नेत र ती महिलाको चिनजान गराउनुका साथै नम्बरपनि उपलब्ध गराएका थिए । फोन सम्बाद हुँदै जाँदा सम्बन्ध जोड्ने नाटक गरि आँफुलाई फसाउने खेल भएको बस्नेतले बताए । बस्नेतलाई फसाउने महिला अर्काकी श्रीमति हुन । उनले प्रहरी समक्ष १५ बर्ष यता श्रीमान संग कुनै सम्बन्ध नरहेको भन्ने वयान गरेकी छन ।

उनका पहिलेका श्रीमान बिदेशमा रहेको स्रोतले जानकारी दियो । उनका दुई सञ्तान पनि छन् ।
‘बिहे गर्छु भनेर आफ्नो सम्पत्ति सबै लगेको भन्दै ठगी मुद्दा’ बस्नेतले ती महिला बिरुद्ध दायर गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका एक प्रहरी अधिकारीले जानकारी दिए । यो बीचमा प्रहरीले अनुसन्धान कार्य पुरा गरि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइ सकेको प्रहरी बताउँछ ।