२०८० फाल्गुन ८ गते मङ्गलवार
२०८० फाल्गुन ८ गते मङ्गलवार

छैठाैं सक्रिय कप खुल्ला फुटबल प्रतियाेगिताकाे विजेता बबई ७

छैठाैं सक्रिय कप खुल्ला वडा स्तरिय फुटबल प्रतियाेगिताकाे विजेता बबई ७ भएकाे छ । ‘हाम्राे सान, हाम्राे मान, खेलकुद हाम्राे पहिचान’ भन्ने मुल नाराका साथ बबई ७ चरकमटिया स्थित सक्रिय युवा क्लवकाे आयाेजनमा फागुन २० देखि २६ गते सम्म संचालित छैठाैं सक्रिय कप खुल्ला वडा स्तरिय फुटबल प्रतियाेगिताकाे विजेता आयाेजक टिम भएकाे हाे ।
यसैगरी उपविजेता तुलसीपुर ५ भएकाे छ ।
प्रतियाेगिता विजेतालाई नगद ३३,१३३ प्रमाण पत्र, कप तथा मेडल र उपविजेतालाई नगद १६,६६६, प्रमाण पत्र, कप तथा मेडल प्रदान गरिएकाे हाे ।

यसैगरी प्रतियाेगिमा बेस्ट किपर बबई ७ का जित वहादुर रावत, बेस्ट डिफेन्स तुलसीपुर ५ का लेखनाथ महर, बेस्ट मिड फिल्डर बबई ७ का विनाेद केसी, राङजिङ प्लेयर बबई ७ का गगन खड्का, बेस्ट प्लेयर बबई ७ का निशान डाँगी, बेस्ट फरवार्ड तुलसीपुर ५ का रमेश तामाङ, हाई स्काेरर बबई ७ का संगम डाँगी भएका छन् । जिल्ला समन्वय समिति दाङकी उपप्रमुख चेतना चाैधरीकाे प्रमुख आतिथ्यता तथा बबई ७ का वडा सदस्य इन्द्र वहादुर डाँगीकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रतियाेगिता संचालन गर्न सहयाेग पुर्याउने सहयाेगीदातालाई सम्मान गरिएकाे थियाे ।