सांकेतिक तस्वीर ।
दाङमा एक महिला माथी सामुहिक रुपमा जवरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ निवासी ३० वर्षीय निर्मल चौधरी र सोही ठाउँ निवासी २३ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी विर बहाहादुर वलीले जानकारी दिनुभएको छ ।
उहाका अनुसार गत शुक्रबार २९ वर्षीय एक महिलालाई सामुहिक रुपमा जवरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको हो । पक्राउ परेकाहरुलाई आइतवार दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।