२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

धनौरी खानेपानीको पाँचौ साधारण सम्पन्न

धनौरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति शान्तिनगर – ५ को पाँचौ साधारण सम्पन्न भएको छ । समितिका अध्यक्ष कमल रावतको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवं शान्तिनगर – ५ का वडा अध्यक्ष ओपेन्द्र वहादुर रावतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष बस्नेतले आम जनताले शुद्ध खाने पाउने संस्थाले सरल र सहज तरिकाले पानी उपलब्ध गराउन आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिका बस्नतेले धनौरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले शुद्ध खानेपानी दिदै आएको प्रशंसा गदै समितिले थप सेवा उलपब्ध गराउन सुझाव दिएका थिए । शान्तिनगर गाउँपालिकाले धनौरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि शान्तिनगर ५ का वडा अध्यक्ष ओपेन्द्र वहादुर रावतले खानेपानीको लागि सक्दो सहयोग गर्ने बताए । खानेपानी सवैको साझा तथा संवेदनशिल संस्था भएकाले शुद्ध खानेपानी वितरण गर्न सुझाव दिए । वडाले मात्र खानेपानीको बजेट विनियोजन गर्दा अपुग हुने भएकाले पालिकाले पनि सक्दो सहयोग गरिदिन पालिका अध्यक्षलाई आग्रह समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेस शान्तिनगर ५ का उपसभापति हिम वहादुर बस्नेत, नेकपा एमाले शान्तिनगर सदस्य बृजलाल अधिकारी, नेकपा माओवादी केन्द्र शान्तिनगर ५ का अध्यक्ष शिवराज चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, हात्तिखाल सामुदायिक वनका अध्यक्ष शशिराम विष्ट लगायतले खानेपानीले हाल सम्म सहजरुपमा पानी वितरण गदै आएको प्रति धन्यवाद दिएका थिए । खानेपानीमा जेनेरेटर नहुँदा विधुत गएको समयमा पानीको समस्या पर्ने भएकाले जेनेटरको व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव कोमल केसीले गरेका थिए ।
साधारण सभामा समितिका सचिव  केसीले आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक÷बार्षिक प्रतिवेदन र २०७९/०८० को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । आर्थिक÷बार्षिक प्रतिवेदन तथा बार्षिक कार्ययोजना सर्वसम्मत पास भएको छ । धनौरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले शान्तिनगर ५ र ७ मा टोलमा २४ सैं घण्टा शुद्ध खानेपानी व्यवस्था गर्दै आएको छ । संस्थाको आफ्नै भवन र जग्गा पनि रहेको छ । समितिले थप १ कठ्ठा १० धुर जग्गा खरिद गरेको छ ।