२०७९ चैत्र १२ गते आइतवार
२०७९ चैत्र १२ गते आइतवार

डोटीमा असिना पानीले बालीनालीमा क्षति

डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् ।

बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ ।

यसैगरी सुन्तलाका पात समेत झार्ने गरी असिना परेकाले किसानहरुलाई ठूलो नोक्सानी पुर्‍याएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो । जिल्लामा असिना पानीले पुर्‍याएको क्षतिको विवरण आइ नसकेकाले लगत संकलन कार्य भइरहेको जिल्ला कृषि ज्ञानकेन्द्र सिलगढीले जनाएको छ ।