२०७९ चैत्र २२ गते बुधवार
२०७९ चैत्र २२ गते बुधवार

बबईका कृषकलाई आधुनिक कृषि उपकरण वितरण

दाङको बबई गाउँपालिकाले कृषकहरूलाई आधुनिक कृषि उपकरण वितरण गरेकाे छ । बबई गाउँपालिकाका ६१ जना कृषकहरुलाई आधुनिक कृषि उपकरण वितरण गरिएको हाे । बबई गाउँपालिका, हेफर प्राेजेक्ट नेपाल र सिड संस्थाकाे साझेदारीमा बबई गाउँपालिकामा सञ्चालित बबई कृषि तथा पशु उधमशिलता बिकास परियाेजना अन्तरगतका ६१ वटा समुहका किसानलाइ मिनि टेलर, चाप कटर र कर्न थ्रेसर गरि ३ प्रकारका आधुनिक कृषि उपकरण  बितरण गरिएको हाे ।

बबई गाउँपालिकाकाे ५० प्रतिशत लगानि र कृषकहरुकाे ५०% लगानीमा १७ वटा मिनि टेलर, २१ वटा चाप कटर र २३ वटा कर्न थ्रेसर समुहका कृषकहरूलाई एक कार्यक्रमका विच वितरण गरिएकाे हाे । बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बम कुमारी खड्का, प्रमुख प्रशासकीय अधिकृत मुक्ति नन्द रावल, हेफर प्राेजेक्ट नेपालका क्षेत्रीय प्रबन्धक प्रकास केसी, बबई गाउँपालिकाका प्रवक्ता तथा बबई ७ का वडाध्यक्ष तिलकराम भण्डारी, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र बिक्रम शाह, ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगर, कार्यपालिका सदस्य नारायण परियार लगायतकाले बाेल्नुभएकाे थियाे ।

समाजमा वातावरणीय शिक्षाको विकास ( सिड ) संस्थाका कार्यकारी निर्देशक भागिराम चाैधरीकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण बबई कृषि तथा पशु उधमसिलता बिकास परियाेजना संयाेजक हिमाल खड्काले गर्नुभएको थियाे ।