२०७९ चैत्र २३ गते बिहिवार
२०७९ चैत्र २३ गते बिहिवार

तुलसीपुरमा बसबाट डिजेल चोरी गर्दै गर्दा दुई जना पक्राउ

तुलसीपुर बसपार्कमा पार्किङ गरेका बसहरुबाट डिजेल चोरी गर्दै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ९ बेलुवा निवासी १८ बर्षीय नबिन केसी र सोही ठाउँ निवासी १८ वर्षिय विशाल रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बुधबार बिहान २ बजेतिर ना ४ च ५७८७ नम्बरको कारबाट तुलसीपुर बसपार्कमा पार्किङ गरेको बसबाट डिजेल चोरी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।