२०७९ चैत्र २४ गते शुक्रवार
२०७९ चैत्र २४ गते शुक्रवार

रुकुम पूर्वमा सिस्नो टिप्न गएका दुई दिदी बहिनी मृत अवस्थामा फेला

सांकेतिक तस्वीर ।

रुकुम पूर्वमा सिस्नो टिप्न गएका एकै घरका दुई दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा ११ वर्षीया रिना बुढा मगर र नौ वर्षीया कालिमाया बुढा मगर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

तारामान बुढाका दुई छोरी बुधवार सिस्नो टिप्ने भनी घरबाट निस्किएका थिए । पुथाउत्तरगंगाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार उनीहरूले लगाएका गरगहनाहरू लुटपाट गरेपछि हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । सिस्नो टिप्न गएका दिदीबहिनी नफर्किएपछि खोजी गर्दा गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिएका हुन् ।