२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

तुलसीपुरमा एक किशोरी बलात्कृत

सांकेतिक तस्वीर ।

दाङको तुलसीपुरमा एक किशोरी बलात्कृत भएकी छन् । सल्यानका एक युवकले तुलसीपुर –१८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई चैत १६ गते रातको ८ बजे बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका –२ दमाचौर निवासी २१ वर्षका लक्ष्मण विकले बलात्कार गरेको प्रहरीले बताएको छ । जाहेरी भने बिहीबार आएको हो ।

जाहेरी आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्यका जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।