आधारभूत तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकहरूका लागि सुचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम समापन कार्यक्रम आज हापुरेमा सम्पन्न भएको छ । बबई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको उक्त थियो । शिक्षा शाखा प्रमुख तथा कार्यक्रम संयोजक मोहनलाल दाहालको अध्यक्षता बबई गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता र विशिष्ट अतिथि बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति नन्द रावलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । तालिमको प्रशिक्षकमा सरस्वती माध्यमिक विद्यालयका शिक्षक सिट्टीसाप विष्ट र जगत चौधरी रहनुभएको थियो १८ वटा विद्यालयका IT स्रोत शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागी हेमराज बुढाथोकी लगायत व्यक्तिहरूले बोल्नुभएको थियो भने कार्यक्रम सहजिकरण शिक्षा शाखा बबईका प्रा.स रामचन्द्र वलीले गरेका थिए ।