२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

बबई नदिमा डुवेर एक जनाकाे मृत्यु

पश्चिमदाङमा बबई नदिमा एक जनाकाे डुवेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जाैबारी निवासी १७ बर्षीय सिताराम देवकाेटा रहेकाे ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम वहादुर सुनारले जानकारी दिनुभयाे ।

बबई गाउँपालिका वडा नं. १ मलईबाट हिजाे साेमबार वेलुका ७ बजे तिर घर फर्कने क्रममा बबई नदिमा बेपत्ता भएका थिए । आज मंगलवार विहान देखी खोजतालस गर्दा दिउँसाे १ बजे मलईकाे बबई नदिमा उनकाे शव फेला परेकाे हाे । शवलाई पाेष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे प्रहरीले जनाएकाे छ ।