२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

शिद्धेश्वरी आविमा अभिभावक भेला तथा छात्रवृत्ति वितरण

श्री शिद्धेश्वरी आधारभूत विद्यालय बबई -७ सिमलकुना मा आइतवार अभिभावक भेला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । वि.व्य.स अध्यक्ष मम बहादुर भण्डारीको अध्यक्षता तथा शिक्षा प्रेमी कुल बहादुर घर्ती को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो शिक्षक कृष्ण थापाको स्वागत मन्तव्य बाट सुरू भएको भेलामा विद्यालयका प्रधानाध्यापक दिनेश कुमार बुढाथोकीले २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयका छात्रा तथा दलित छात्र छात्राहरुलाई प्रत्येक लाई ४०० का दरले वितरण गरिएको थियो भने कार्यक्रम सहजिकरण शिक्षक शिव प्रसाद उपाध्यायले गरेका थिए ।