दाङकाे बबई गाउँपालिका हापुरेका ब्लड क्यान्सर पिडित २२ बर्षीय भरत केसीले उपचारमा सहयाेगकाे अपिल गरेका छन् । हाल भारतकाे राजिब गान्धि क्यान्सर अस्पताल दिल्लीमा उपचाररत केसीले आफ्नाे परिवारकाे आर्थिक अवस्था कमजाेर भएकाले उपचारका लागि आर्थिक सहयाेग गरिदिन आग्रह गरेका छन् । केसीलाई विगत १ बर्ष देखि विपि काेइराला मेमाेरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार पछि थप उपचारका लागि भारतकाे राजिब गान्धि क्यान्सर अस्पताल दिल्ली लगिएकाे हाे । ६ महिना देखि केसी साे अस्पतालमा उपचार भइरहेकाे छ ।
ब्लड क्यानसर पिडित केसीलाई ( Bone marrow trasplant ) गर्नु पर्ने अस्पताल बताएकाे छ । त्यसका लागि नेपाली ५० लाख लाग्ने बताइएकाे छ । आर्थिक अवस्था कमजाेर भएकाले उपचारमा सहयाेग गरि जीवन रक्षा गरिदिन परिवारले सबैमा आग्रह गरेकाे छ । सहयाेगकाे लागि ९८१०८३८०२० मा सम्पर्क गरिदिन आग्रह गरिएकाे छ ।
यसैगरी सहयोग गर्ने चाहानुहुनेले भरत केसी को दाईको खातामा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
A/C Holder Name: DIPEN KHATRI
Account Number: 02510017509966
Bank Name: Nabil Bank
Branch Name: TULSIPUR
दाङकाे बबईका केही युवाले उपचारका लागि सहयाेग रकम जम्मा गर्न थालेका छन् । नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक अभियान्ता झुपु क्षेत्री, सामाजिक अभियान्ता राम वहादुर वली(रामु सरकार) र दिपकराज खड्काले सहयाेग रकम जम्मा गरिरहेका छन् । सहयाेगीमनबाट सहयाेग रकम जम्मा भइरहेकाे उनिहरूले बताएका छन् ।