दाङको तुलसीपुरमा आगोले जलेर एक महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिनुभएको छ । खाना पक्राउने क्रममा आफूले लगाएको धोतीमा आगो सल्किँएको हो । आगोले छाती र खुट्टा जलेको प्रहरीले जनाएको छ । घाइते जैसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।