२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

बाँकेमा जीपको ठक्करबाट एक ट्राफिक प्रहरीको मृत्यु, एक गम्भीर घाइते

बाँकेको महेन्द्रराजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ। सोही घटनामा अर्का एकजना प्रहरी गम्भीर घाइते भएका छन्।बिहीबार राति भे १ च ३४०७ नम्बरको जिपले सडकमा उभिएर गाडी रोक्दै गरेका दुईजना ट्राफिक प्रहरीलाई ठक्कर दिएको थियो। घाइते भएका प्रहरी जवान विशाल ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।

अर्का घाइते प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्रीको अवस्था चिन्ताजनक रहेको बाँके प्रहरीले जनाएको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ। प्रहरीलाई ठक्कर दिएर भागेको बलेरो जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।