दाङको शानितनगर गाउँपालिका वडा नं. – ४ जुम्लेकुलामा भोली पुष ५ गते विशेषज्ञ डाक्टर सहितको बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शान्तिनगर गाउँपालिकाको आयोजना तथा काठमाण्डौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर सहितको एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
भोली हुने निशुल्क स्वास्थ्य शिविरमा २० जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गर्ने शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो । रोग लागेर पनि विशेषज्ञ डाक्टरको अभावमा स्वास्थ्य उपचार गर्न नपाएका विरामीको स्वास्थ्य उपचार गर्ने लक्ष्यसाथ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । निशुल्क स्वास्थ्य शिविरमा शान्तिनगर गाउँपालिकाबासी लाभान्वित हुने उहाँले आशा व्यक्त गर्नुभयो ।
निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिने छ । यसैगरी छाला तथा यौन रोग, नाक÷कान÷घाटी, दन्त सेवा, न्युरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाव परिक्षण गरिने छ ।