२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

बबई चेम्बर अफ कर्मसद्धारा हापुरे बजार क्षेत्रमा सरसफाई

दाङको बबई गाउँपालिकाको केन्द्र हापुरे बजारमा सरसफाई गरिएको छ । आगामी पुस ६ गतेदेखि १६ गतेसम्म वडा नम्बर ५ पदमपुरमा रहेको पदमपुर सामुदायिक बनको प्राङ्गणमा आयोजना हुने हापुरे ब्यापारिक तथा कृषि पर्यटन महोत्सवलाई मध्य नजर गर्दै बबई चेम्बर अफ कमर्सको आयोजनामा हापुरे माथिल्लो बजार सहिदगेट देखी तल्लो बजार बार्ता भवन सम्म सरसफाई गरिएको हो ।

सरसफाइ कार्यक्रममा बोल्दै बबई चेम्बर अफ कमर्सका अध्यक्ष सन्तराम सुनारले दैनिक रुपमा आ(आफ्नो पसलकाट निस्कने फोहर ब्यबसायीहरु आफैले जम्मा गर्न सके सफा सुन्दर हापुरे बन्न सक्ने बताउनुभयो उहाँले सरसफाई लाई कुनै कार्यक्रम केन्द्रित मात्रै नभई सरसफाईका कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।
कार्यक्रममा बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वलीले जहाँबाट फोहर उत्पादन हुन्छ त्यहीबाटै फोहर ब्यबस्थापनको सुरुवात गर्न सके हापुरे बजारलाई सुन्दर बजारका रुपमा बिकास गर्न सकिने बताउनुभयो । वडाध्यक्ष वलीले बाहीरबाट मेला अवलोकन गर्न आउने दर्शककहरुलाई सफा र सुन्दर हापुरे बजार भनेर चिनाउने जिम्वेवारी आम हापुरेबासीको रहेको बताउनुभएको छ ।

त्यस्तै बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगरले हापुरे बजारलाई सुन्दर बजारका रुपमा स्थापित गर्न स्थानिय सरकारले डम्पीङ साइडको निर्माण गरी नियमीत बजारमा ट्याकटर परिचालन गरी फोहर उठाउने काम गरिरहेकाले आफ्नो वरफरको फोहर जम्मा गरी ट्याकटरमा मात्रै फ्याकेर सभ्य नागरिकको परिचय दिन सबैलाई आग्रह गनुृभयो । सरसफाइ कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनारले महोत्सव लगाउनु भनेको त्यो क्षेत्रको पहिचान स्थापित गराउनु समेत भएको बताउनुभएको छ । उहाँले बाहिय जिल्लाबाट आउने दर्शकहरुले नजिकका पर्यटकिय स्थलहरुको अवलोकन समेत गर्ने हुदा बजार क्षेत्र सुन्दर भए अन्य क्षेत्रको समेत विकास हुने बताउनु भयो ।

सरसफाइमा बबई गाउँपालिकाको ट्याकटर, जे.सि.वी, बबई चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, हापुरे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु, इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेका प्रहरीहरु,स्थानिय ब्यापारी, राजनितिज्ञ, सञ्चारकर्मी लगायतको उपस्थीती रहेको थियो ।
१० दिन सम्म चल्ने महोत्सवबाट संकलन हुने रकमबाट हापुरे बजारमा सार्वजनिक सौचालय निर्माण गरिने बबई चेम्बर अफ कमर्सका सचिव रेशम बिकले बताउनु भएको छ ।