सुत्केरी हुँदा ज्यान गुमाएकी बबई गाउँपालिका वडा नं ५ जलुकेकी ३० बर्षिया कौशिला नेपालीको छोराछोरीको पालन पोषनका लागि भारतमा रहेका नेपाली युवाहरुले १० हजार बढि आर्थिक सहयोग गरेका छन् । राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा छोरीलाई जन्म दिएर ज्यान गुमाएपछि उनको श्रीमान यम वहादुर र उनका छोराछोरी विचल्लीमा परेका छन् ।
उनिहरुको पालनपोषनमा समस्या परेको खवर मिडिया तथा सामाजिक संजालमा आएपछि भारतमा रहेका नेपाली युवाहरुले सो रकम सहयोग गरेका हुन । आर्थिक स्थिति कमजोर भएका यम वहादुरको नवजात शिशु र ९ बर्षका छोरा छन् ।