शान्तिनगर गाउँपालिकाले आयोजना गरेको विशेषज्ञ डाक्टर सहितको बृहत स्वास्थ्य शिविरमा १०१९ जनाले स्वास्थ्य लाभ लिएका छन् । गाउँपालिकाको आयोजना तथा काठमाण्डौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर सहितको एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर वडा नं. – ४ जुम्लेकुलामा सम्पन्न भएको हो ।
शिविरमा बालक देखि बृद्धासम्मका १ हजार १९ जनाले निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरेको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभएको छ । यी विरामी मध्ये ५५ जनालाई अप्रेशनका लागि रिफर गरिएको छ भने ४ जना मुटु र ३ जना टाउँको विरामीलाई इमजेन्सी अप्रेसनका लागि काठमाण्डौं मेडिकल कलेज सिनामंगल रिफर गरिएको छ । रिफर गरिएका सबैको स्वास्थ्य परिक्षण र अप्रेसन चार्ज निशुल्क हुने गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । आज भएको दाङ जिल्लाकै पहिलो पटकको बृहत स्वास्थ्य शिविरबाट आर्थिकको अभावमा बर्षौदेखि रोग पालेर बसेको विरामीले उपचार लिएका छन् । उपचार निशुल्क हुदा बालक देखि बृद्धासम्म खुशी देखिन्थे ।
बृहत निशुल्क स्वास्थ्य शिविरमा २० जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरेका थिए । रोग लागेर पनि विशेषज्ञ डाक्टरको अभावमा स्वास्थ्य उपचार गर्न नपाएका विरामीको स्वास्थ्य उपचार गर्ने लक्ष्यसाथ निशुल्क स्वास्थ्य शिविरको आयोजना शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिएको छ । यसैगरी छाला तथा यौन रोग, नाक÷कान÷घाटी, दन्त सेवा, न्युरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाव परिक्षण गरिएको थियो ।