२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

क्यान्सर पिडित भरतको उपचारमा क्लासमेट र साथीद्धारा अमेरिकाबाट दुई लाख सहयोग

दाङको बबई गाउँँपालिका हापुरेका ब्लड क्यान्सर पिडित २२ बर्षीय भरत केसीको उपचारका लागि अमेरिकामा रहेका उनका क्लासमेट तथा अन्य साथीहरुले दुई लाख आर्थिक सहयोग गरेका छन् । भारतको राजिब गान्धि क्यान्सर अस्पताल दिल्लीमा उपचाररत केसीको उपचारमा थप सहयोग पुगोस भन्ने उद्येश्यले उनिहरुले सो रकम सहयोग गरेका हुन् । भरतको उपचारकालागि अमेरिकामा रहेका भरत केसीका क्लासमेट तथा साथीहरुले दुई लाख रकम बिरामीको आफन्तको खातामा रकम जम्मा गरिदिएका छन् । सहयोग गर्नेहरुमा युवराज कडेल, समिर खड्का, अर्जुनजंग वली, सोनु घिमिरे, मनोज खड्का, दिपक वली, रोशन वली, अजयजंग वली, संदिप हमाल ठकुरी, पुर्ण बुढा, प्रज्वल बुढा क्षेत्री, प्रभाव वली, प्रविण बुढाथोकी, जोसेफ गाहा मगर, राज खड्का, चन्दन केसी, किशोर खड्का, जुद्ध वली, विनोद खड्का रहेका छन् ।

केसीलाई विगत १ बर्ष देखि विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार पछि थप उपचारका लागि भारतको राजिब गान्धि क्यान्सर अस्पताल दिल्ली लगिएको हो । ६ महिना देखि केसी सो अस्पतालमा उपचार भइरहेको छ । ब्लड क्यानसर पिडित केसीलाई ( Bone marrow trasplant ) गर्नु पर्ने अस्पताल बताएकाे छ । त्यसका लागि नेपाली ५० लाख लाग्ने बताइएकाे छ । आर्थिक अवस्था कमजाेर भएकाले उपचारमा सहयाेग गरि जीवन रक्षा गरिदिन परिवारले सबैमा आग्रह गरेकाे छ । सहयाेगकाे लागि ९८१०८३८०२० मा सम्पर्क गरिदिन आग्रह गरिएकाे छ ।