दाङको बबई गाउँपालिका हापुरेका ब्लड क्यान्सर पिडित २२ बर्षीय भरत केसीको उपचारका लागि बेल्जियमा रहेका नेपालीहरुले ३ लाख ६ हजार ५ सय आर्थिक सहयोग गरेका छन् । भारतको राजिब गान्धि क्यान्सर अस्पताल दिल्लीमा उपचाररत केसीको उपचारमा थप सहयोग पुगोस भन्ने उद्येश्यले नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको विशेष अनुरोधमा विरेन्द्र मल्लको पहलमा ३ लाख ५ हजार ९ सय ६६ रूपैया रकम सहयोग संकलन भएको र थप बाँकी सभापति डाँगीले सहयाेग गर्नु भएकाे हाे ।
सो रकम आज परिवारलाई हस्तान्तरण गरिएको हाे ।शंकरप्रसाद डाँगी, खिम वहादुर वली, पूर्ण वहादुर केसी, प्रकाश बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्री क्षेत्री,बबई गाउँपालिका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष तिलकराम भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष हर्क वहादुर श्रीष लगायतको उपस्थिति उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको सामाजिक अभियान्ता राम वहादुर वली (रामु सरकार) ले जानकारी दिनुभयो ।
केसीलाई विगत १ बर्ष देखि विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार पछि थप उपचारका लागि भारतको राजिब गान्धि क्यान्सर अस्पताल दिल्ली लगिएको हो । ६ महिना देखि केसी सो अस्पतालमा उपचार भइरहेको छ । ब्लड क्यानसर पिडित केसीलाई ( Bone marrow trasplant ) गर्नु पर्ने अस्पताल बताएकाे छ । त्यसका लागि नेपाली ५० लाख लाग्ने बताइएकाे छ । आर्थिक अवस्था कमजाेर भएकाले उपचारमा सहयाेग गरि जीवन रक्षा गरिदिन परिवारले सबैमा आग्रह गरेकाे छ । सहयाेगकाे लागि ९८१०८३८०२० मा सम्पर्क गरिदिन आग्रह गरिएकाे छ ।