२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

आगोले जलेर चार महिने शिशुको मृत्यु

दार्चुलामा आगोले जलेर चार महिने शिशुको मृत्यु भएको छ। नौगाड गाउँपालिका–३ होपरीगाडमा गएराति जलेर शिशुको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो। उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। प्रहरी र स्थानीयले आगो निभाएका थिए।