२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

दाङमा सवारी साधनमा टाइम कार्ड लागु गरिने

दाङमा सवारी दुर्घटना बढ्न थालेपछि सवारी साधनलाई टाइम कार्ड लागु गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर सवारी साधनमा टाइमकार्ड लागु गर्ने निर्णय गरेको हो ।
तिब्र गतिका कारण दुर्घटनाबाट मानबिय क्षेति बढ्न थालेपछि टाइम कार्ड लागु गर्न थालिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबदीले जानकारी दिनुभयो । टाईम कार्डको मापदण्ड के राख्ने, कति समय राख्ने भन्ने बिषयमा सरोकारवालाहरुको बैठकबाट निश्र्कषमा पुग्ने उहाँले बताउनुभयो ।