२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

काेहलपुरमा शिक्षक कर्मचारीबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हुने

त्रिभुवन नमुना मा.वि.कोहलपुर र आर्दश मा.वि. नेपालगञ्जका शिक्षक कर्मचारीबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिवार कोहलपुर स्थित क्रिकेट मैदानमा विहान ८ःबजे शुरु हुनेछ । नेपाली पुरुष राष्ट्रिय टिमका पुर्व कप्तान एल.वि. क्षेत्रीले यस खेलले क्रिकेट खेलको विकास, उन्नयन एवं यूवा समुदायमा पे्ररणा जगाउन महत्वपुर्ण टेवा पु¥याउने बताए ।

आयोजक मध्येका एक शिक्षक नेता एवं समाजसेवी ऋषिराज शर्माले यस खेलले सामाजिक सद्भाव र सहिष्णुता तथा क्रिकेट खेलाडीको रुपमा उदयीमान यस क्षेत्रका भाईवहिनीहरुलाई उत्प्रेरणा प्रदान गर्न टेवा पुग्ने बताए। सामुदायिक र संस्थागत विद्यालय बिचको हार्दिकता तथा सामिप्यता यस खेलको अर्को महत्वपुर्ण विशेषता रहने बताए ।

यसैबिच उपाधि दाबेदारको रुपमा हेरीएको त्रिभुवन नमुना मा.वि.कोहलपुरले नेपाली पुरुष राष्ट्रिय टिमका पुर्व कप्तान एल.वि. क्षेत्रीको कप्तानीमा आफ्नो टिम सार्वजनिक गरेको छ । उप कप्तानको जिम्मेवारी गणेश खड्कालाई प्रदान गरीएको छ भने टिमको मुख्य प्रशिक्षकमा ऋषिराज शर्मा रहेका छन् भने सहायक प्रशिक्षको जिम्मा ज्ञानेश्वर शर्मालाई दिईएको छ । टिम म्यानेजरमा केशराज खड्का रहेका छन् । यसैगरी फिजियोमा लक्ष्मण कँुवर रहेका छन् । त्रिभुवन नमुना मा.वि.कोहलपुरको टिममा एल.वि क्षेत्री –कप्तान, गणेश खड्का –उपकप्तान,  अनुभव अधिकारी – विकेट किपर अन्य  खेलाडिहरू ईन्द्र वि.सी., राम अधिकारी, अजय यादव, बिमल श्रेष्ठ, महोमद सिराज, देवसिँह रान, रितेश नाग, नवल यादव रहेका छन् । यसैगरी बैकल्पिक खेलाडीहरूमा ध्वज भण्डारी, सरोजवाव पंगेनी, तरुण चौधरी, कृष्ण रावत रहेका छन् ।