दाङको राप्ती गाउँपालिका वडा नंम्बर १ भालुवाङमा भएको बस दुर्घटनामा परि १२ जनाकाे मृत्यु भएकाे छ भने २३जना घाइते भएका छन् । मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नंम्बर २५ का ३५ वर्षीय अनिल खड्का , बाँकेको खजुरा गाउँपालिका वडा नंम्बर ३ का सञ्जय केसी,बाँकेका ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ पर्षीय ताराकान्त पाण्डे, भारत उत्रर प्रदेशका ३१ वर्षीया मुने, जुम्लाका ४० वर्षीय मुन बहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम रहेकाे इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएकाे छ ।
बसमा चालकसहित ३६ जना सवार थिए । दुर्घटनामा परि २३ जना यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रालि. नेपालगञ्जको भे १ ख ३९१२ नंम्बरको बस गएराति साढे १० बजेको समयमा राप्ती पुलबाट नदिमा खसेको थियो । गाडीको स्टेरिङ भाच्चिएपछि दुर्घटना भएको चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नंम्बर ४ का २८ वर्षीय लालबहादुर नेपाली प्रहरी समक्ष वयान दिएका छन् ।