२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

सल्यानमा ६ वर्षीया बालिका बलात्कारको आरोपमा १५ वर्षीय किशोर पक्राउ

सल्यानमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक १५ वर्षीय किशोर पक्राउ परेका छन् ।

शारदा नगरपालिका-६ सापमाराकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो ।

आफन्त पर्ने किशोरले बालिकालाई ललाई फकाई गरेर आफ्नै घरमा लगी गत पुष ७ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको हो । पक्राउमा परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

आइतबार नै जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।