२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

आज माघे सक्रान्ती

आज माघे सक्रान्ति पर्व । दाङसहित देशभर विभिन्न समुदायले माघे सक्रान्ती पर्व मनाउँदै छन् । चाकु, तरुल र तिलको लड्डु जस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाउने गरिन्छ ।

थारु र मगर चसमुदायमा माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।

आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली कन्चनपुर लगायतका थारु समुदायले माघी पर्व पाँच दिनसम्म विषशेरुपमा मनाउने गर्छन् ।

आज तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता छ । आजको दिन मासको दाल र चामल मिसाइएको खिचडीलाई माघी पर्वको विशेष परिकारको रुपमा खाने चलन छ ।

माघीमा नाचिने विशेष घौटा नाच र धमार गाउने प्रचलन निकै लोकप्रिय छ । यस दिनलाई नयाँ आर्थिक वर्षको रुपमा मान्नेदेखि विशेष घरसल्लाह गर्ने र आफ्नो समुदायको अगुवा चुन्ने दिनको रुपमासमेत लिइन्छ ।