शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले हात भाचिएको विरामीको उपचारमा सहयोग गर्नु भएको छ । हात भाचिएर घरमै रहेकी शान्तिनगर गाउँपालिका वडा नं. ६ की कल्पना वलीको उपचारमा सहयोग गर्नुभएको हो ।
हात भाचिएको ७ दिन सम्म पैसा नभएर उपचार गर्न नसकेकी वलीलाई आफ्नै गाडिमा अस्पताल लगेर उपचार गराउनु भएको हो । पहिले अस्पताल गएको तर पैसाको अभावमा थप उपचार गर्न नसकेको उहाँले बताउनुभयो । हात भाचिएर पैसा अभावमा उपचार गर्न नसकेको खवर पाएपछि उपचारमा सहयोग गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । शानितनगर गाउँपालिका अध्यक्ष पछिल्लो समय विरामीहरुको उपचारमा ध्यान दिनु भएको छ । स्वास्थ्य नै सवभन्दा ठुलो चिज भएकाले विरामीको उपचारमा विशेष ध्यान दिएको उहाँले बताउनुभयो । शान्तिनगर गाउँपालिकाले केहि महिना अघि बृहत स्वास्थ्य शिविर राखेको थियो । यसैगरी जटिल खालका उपचार र अप्रेसन काठमाण्डौंमा निशुल्क गराउनु भएको थियो ।