२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

विकास र समृद्धिमा आधारित राजनीति हुनुपर्छ : पुर्वन्त्री गिरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले विकास र समृद्धिमा आधारित राजनीति हुनुपर्ने बताएका छन् । बुधबार दंगीशरण गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै नेता गिरीले त्यस्तो बताएका हुन् । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर – ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सिँचाइ मन्त्री गिरीले अबको आन्दोलन विकास र समृद्धिका लागि हुनुपर्ने बताए  । पहिलेको हेकुली र अहिलेको दंगीशरणमा आकाश जमिनको अन्तर रहेको भन्दै नेता गिरीले सिँचाइ, पुल, पक्की सडक, खोला तथा नदीमा तटबन्ध आफु आएपछि धमाधम निर्माण गरिएको बताए ।

विकास निर्माणमा कुनैपनि राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने भन्दै नेता गिरीले  गाउँपालिकाको नवनिर्मित भवनले नयाँ आशाको सञ्चार गरेको बताए । तत्कलिन १२ बर्से सशस्त्र द्धन्द्धलाई तत्कलिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको स्मरण गर्दै नेता गिरीले जनताको विकास निर्माणको आकाङ्क्षालाई कुनैपनि आग्रह पूर्वाग्रह नराखी पुरा गर्न आफू प्रतिवद्ध रहेको पनि बताए ।उनले अव दाङ जिल्लालाई सडक र हवाइ यातायातले पनि जोड्न आफू अहोरात्र खटिरहेको पनि बताए ।

तुलसीपुर – घोराही सडक खण्ड बैशाख महिना भित्रै चारलेनको ठेक्का प्रक्रियामा जाने नेता गिरीले दाबी गरे । आफूहरूले संसद्‌मा आवाज बुलन्द गरेपछि मात्र सरकारले क्षतविक्षत भएको सडक टालटुल गर्न बजेट दिएर काम भएको नेता गिरीले बताए । तुलसीपुरको टरिगाउँ विमानस्थललाई पुर्न डिपिआर गरिएको भन्दै ठूला विमान अवतरण गर्न सक्ने एयरपोर्टका रुपमा त्यसको बिकार गर्न आफु  लागि परेको नेता गिरीले जोड दिएका थिए । त्यसैगरी सुकौराकोट दरबारलाई पनि पुनःउत्थान गरी एउटा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न आफू लागि परेको नेता गिरीले बताए ।