२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

शान्तिनगर – ७ मा माघी विशेष कार्यक्रम सम्पन्न

दाङको शान्तिनगर – ७ मा माघी विशेष कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. ७ वडा कार्यालयको आयोजनामा कुलमगढिमा माघी विशेष कार्यक्रम सम्पन्न भएको । शान्तिनगर – ७ का वडा अध्यक्ष तारा वहादुर वलीको सभापतित्व भएको कार्यक्रमममा बोल्दै प्रमुख अतिथि पूर्व सिचाईमन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद दिपक गिरीले थारु समुदायकको कला संस्कृति र सस्कार बचाई राख्न आग्रह गर्नु भएको हो ।

थारु समुदायको छुट्टै पहिचान भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनुभयो । आफू थारु समुदायसंगै हुर्केको बढेको बताउदै पूर्वमन्त्री गिरीले थारु समुदायप्रति आफ्नो माया र सम्मान रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस नेता केशव आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगत खड्काले स्थानिय थारु समुदायको हरेक क्रियाकपलामा संमग्न भएर थारु संस्कार संस्कृति जोगाई राख्नेमा सहयोग गर्ने बताउनुभयो । यस्तै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले थारुको संस्कार संस्कृति, भेषभुषा र खानपिन परिकारको बारेमा अझ प्रचार प्रसार गर्नका लागि शान्तिनगर गाउँपालिकाले अर्को बर्ष माघि महोत्सव संचालन गर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ट समिति समेत रहेका अध्यक्ष बस्नेतले थारु समुदायको हकहितका लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा थारु समुदायको नृत्य प्रतियोगिता पनि संचालन गरिएको थियो । नृत्य प्रतियोगितामा गैरातिल्वारी सगरमाथा समूह प्रथम, भुमिपुत्र कृषि सहकारी द्धितिय हरीयाली आमा समूह तृतिय, छलफल आमा समूह र प्रगतिशिल आमा समूह सान्त्वना भएका थिए । वडा सदस्य भुमा सुनारको स्वागत सुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रेम पुनले गर्नुभएको थियो ।