दाङको बबई गाउँपालिकामा १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सरस्वती मा.वि. चरकमटिया सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने मुल नाराका साथ बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वती मा.वि. चरकमटियामा १६ ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । १६ ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई पूर्व सिचाईमन्त्री तथा संघिय सांसद दिपक गिरीले उदघाटन गर्नु भएको हो ।
रनिङ शिल्ड प्रतियोगितालाई उद्घाटन गर्दै पूर्वमन्त्री गिरीले खेलकुद स्वास्थ्यका लागि फाइदाजन रहेको बताउनुभयो । खेलकुदले विद्यार्थीलाई शारिरीक, मानसिक तथा बौद्धिकता रुपमा विकास गर्नुका साथै अनुशासित बनाउने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय समेत रहेका गिरीले पश्चिमदाङका विकासका लागि आफूले पहिले काम गर्दै आएको बताउनु भयो । विकास तथा शैक्षिक सुधारका लागि आफूले सक्दो पहल पूर्वमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथिहरु जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी र बबई गाउँपालिकाका अध्यक्ष कुल वहादुर खत्री क्षेत्रीले विद्यार्थीले शिक्षा संगै खेलकुदमा पनि ध्यान दिनुपर्ने बताउनृुभयो । खेलकुदले अनुशासित बनाई शिक्षामा थप टेवा पुग्ने समेत बताउनुभयो ।
सरस्वती मा.वि. चरकमटियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम वहादुर राम्जाको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक विरेन्द्र भण्डारीले गर्नु भएको थियो । १६ औं राप्टपति रनिङ शिल्ड प्रतियोगितामा बबई गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत माध्यमिक बिद्यायहरुको सहभागीता रहेको छ । आज माघ ५ गतेदेखि ७ गतेसम्म ३ दिनसम्म सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा विभिन्न प्रतिष्पर्धात्मक ेखेल हुनेछन् ।