दंगिशरण गाउँपालिका अन्तर विद्यालयस्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बिरेन्द्र नमुना मावि हेकुलीले जितेको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलीको संयोजनमा तीन दिनसम्म संचालित प्रतियोगितामा १२ स्वणर्, ५ रजत र ५ कास्य पदक हात पार्दै बिरेन्द्र माविले रनिङ शिल्ड जितेको हो ।
यसअघि लगातार तीन वर्ष जित निकाल्दै रनिङ कब्जा गरेको बिरेन्द्र माविले यसवर्ष पनि शिल्ड जित्दै नगद २० हजार हात पारेको छ । यस्तै जनता मावि बुटुनियाले ७ स्वणर्, ७ रजत र ४ कास्य पदकका साथ द्वितिय भयो । उसले नगद १५ हजार हात पार्यो । त्यस्तै सिद्ध पृथ्वी मावि श्रीगाउँ ४ स्वणर्, ४ रजत र ४ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार पार्यो । प्रतियोगितामा श्रीगाउ लाईफ भिजन ३ स्वणर्,५ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो ।
तीन दिनसम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स र भलिबल, कबडी छात्रार छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका संस्थागत तथा सामुदायिक गरि ८ विद्यालयको सहभागिता रहेको सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिनुभयो । प्रतियोगिताको समापन समारोह दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको हो । अवसरमा विजेता विद्यालय, खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने एथलेटिक्स छात्रातर्फ बिरेन्द्र मावि हेकुलीका नेत्रा डाँगी,छात्रतर्फ जनता मावि बुटुनियाका नारायण लामिछाने, कबड्डि छात्रतर्फ बिरेन्द्र मावि हेकुलीका ईन्द्र राना, छात्रा बिरेन्द्र माविकै प्रमिला न्यौपाने, भलिबल छात्रातर्फ मावि श्रीगाउँका हुर्मती वली, छात्रतर्फ भानु मावि प्रसडुवाका जगत सिंह खड्कालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा वली खड्का, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारी, जिल्ला खेलकुद विकास समितिका सदस्य सन्तोष वली, गाउँपालिकाका प्राबिधिक सहायक उमा केसी,बिरेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम नारायण चौधरी, प्रधानाध्यापक खिमराज खनाल, शिक्षक सिताराम भण्डारी लगाएतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रमको संचालन गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएको हो ।