२०८१ साउन ३ गते बिहिवार
२०८१ साउन ३ गते बिहिवार

१ लाख राशीको घोराही कप वडा नम्बर १७ लाई


दाङको घोराहीमा जारी छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी घोराही १७ ले जितेको छ ।
घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशीको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी जितेको हो ।
पहिलो हाफको ३१औँ मिनेटमा घोराही १७ का युवराज रानाले पहिलो गोल गर्दै शुरुवाती अग्रता लिएका थिए । खेलको दोस्रो आफको २२औँ मिनेटमा घोराही १० का दिपेश पुनले जवाफी गोल गर्दे खेललाई बरावरीमा ल्याएका थिए । निक्कै प्रतिष्प्रर्धात्मक खेलको अन्तीममा घोराही १७ का सुजल बस्नेतले निर्णायक गोल गरेका थिए ।
६ वर्ष देखी हुदैँ आएको प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड तथा प्रमाणपत्र र उप विजेताले नगद ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । पुस २० गतेदेखी जारी प्रतियोगितामा घोराही उपमहानगर पालिकाका १९ टिम सहभागीता रहेको थियो ।