दाङको बबई गाउँपालिका स्तरीय समाजबादी मोर्चाको अध्यक्षमा एकलाल घर्ती चयन हुनुभएको छ। शनिवार बबई गाउँपालिकाको सभाहलमा सम्पन्न भेलाले घर्तीको अध्यक्षतामा ९ सदस्यीय मोर्चा गठन गरिएको छ।
मोर्चाको सदस्यहरुमा प्रेम जि.सी,अन्जु घर्ती, प्रदिप कुमार केसी, केसव वली, इश्वरि भन्डारी,निमवहादुर डाँगी,दिलवहादुर विक र रणवहादुर वली रहनुभएको छ।
समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजबादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।