दाङको बबई गाउँपालिकाको सल्लिकोटमा निर्माण हुदै गरेको भ्युटावरको काम ८० प्रतिशत पुरा भएको छ । आउदो चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको र त्यसै अनरुप ८० प्रतिशत काम पुरा भएको निर्माण कम्पनी प्राजिल कन्ट्रक्सन प्र।ली ललितपुरका प्रबन्धक सुरज मल्लले जानकारी दिनुभयो । ७५ लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको बताउदै मल्लले भ्युटावरको अब बाहिर भित्र पलास्टर भर्याङमा रेलिङ तथा रङ्गरोगनको काम मात्रै बाकि रहेको बताउनुभयो । कम्पनीले सोहि लागतमा भ्यु टावरको सुरक्षाका निम्ति दायाँ र बाया ८० मिटर बराबरको आर सि सि वाल पनि निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँले सम्झौता अबधी भित्रै निर्माणकार्य सम्पन्न गरी स्थानिय सरकारलाई हस्तान्तरण गर्नेगरी काम गरिरहेको बताउनु भयो ।
पटकपटक बिबादित बन्दै आएको भ्युटावरलाई स्थानिय सरकारले प्रत्येक बर्ष बजेट विनियोजन गर्दै आएको छ। भ्युटावरलाई सञ्चालनमा ल्याउदा आन्तरिक संगै बाह्य पर्यटक भित्रीने हुदा राम्रो आम्दानीको श्रोत बन्ने अपेक्षा गरिएको छ। भ्युटावर निर्माण सम्पन्न नहुदै भ्युटावरको अवलोकन गर्न, फोटो खिच्न, टिकटक बनाउन दिनहुँ भिडभाड बढ्न थालेको छ।