२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

हुस्सु र कुहिरोकारण पश्चिम तराईको जनजीवन कष्टकर

लगातारको हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । झण्डै एक महिनादेखि हुस्सु कुहिरो लागिरहेको पश्चिम तराईमा बितेका केही दिनदेखि दिनभर नै बाक्लो हुस्सु लाग्ने गरेको छ । घर बाहिर एकछिन हिँड्दा पनि शरीर भिजाउने गरी शितलहर चल्ने गरेको स्थानीय बताउँछन् ।

समग्र तराई मधेशमै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकोमा पूर्वी क्षेत्रमा दिउँसोपछि केही खुल्ने भए पनि पश्चिम तराईमा बेलुकासम्मै हुस्सु लाग्ने देखिएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । अहिले पनि तराई मधेशको सबैजसो क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान् महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी गराएको छ । तराई मधेशमा आउँदो तीन दिनसम्म नै हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् । अझै केही दिन चिसो बढ्ने मौसमविदले बताएका छन् ।