दंगीशरण गाउँपालिकामा थारु मतहवाहरुका लागी मुलुकि देवानि सँहिता सम्बन्धि २ दिने तालिमको सम्पन्न गरिएको छ । आज एक कार्यक्रमका बिच समापन गरीएको छ । प्राचिन शृजनसिल आदीवासी समाज बर्दियाको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहजिकरणमा गाउँपालिका भित्रका दंगीशरण गाउँपालिकाभरका मतहवाहरुका लागी २ दिने मुलुकि देवानि सहिता २०७४ सम्बन्धि तालिमको एक कार्यक्रमकाबिच समापन गरीएको हो। मतहवा संघ दंगीशरणका अध्यक्ष जगतराम चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा तालिमको समापन गरीएको हो ।
स्थानिय वडामा रहेको अधिकार सरह मतहवाहरुमा समेत धेरै अधिकार रहेको बताउदै अध्यक्ष गिरीले कानुनको परीधिभित्र रहि कामकुरा अगाडि बढाउन आग्रह गर्नुभयो । हरेक गाउँमा न्यायाधीश सरहा भुमिकामा रहने मतहवाहरुको भुमिका उल्लेख्य हुनेभएकाले पनि मुलुकि देवानि सहिता ऐन २०७४ सम्बन्धि जानकार रहन आग्रह गर्नुभयो । तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पिमा वलि खड्काले स्थनिय सरकार जस्तै ग्रास लेवलमा मतहवाहरु रहने भएकाले बुझेर सहितालाइ टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।थारुजातीहरु एकै थलोमा बसेकाले र टोल तथा गाउँघरमा निरोपण भएकै कारण सबैभन्दा कम उजुरी पर्ने गरेको उपाध्यक्ष खड्काले बताउनुभयो । २ दिने तालिममा सहभागी मतहवाहरुका लागी प्रमाणपत्र समेत प्रदान गरीएकोथियो ।