दाङ तुलसीपुरको अरनिको मैदानमा जा्री श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ । आतइबार महायज्ञमा सबैभन्दा बढी दान गर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी बुद्धिलाल भण्डारी रहेका छन् । उनले ५५ हजार ५५ रुपैयाँ दान गरेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिका–५ हिमालटोल बस्ने खेमकान्त पाण्डे र सावित्रि पाण्डेले ५१ हजार १ सय ५ रुपैयाँ दान गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका– ४ रक्षाचौर बस्ने टेकबहादुर वली र रेवता वलीले ३१ हजार १ सय ५५, तुलसीपुर उपमहानगरपालिका–५ नामिनगर बस्ने नामीनगर आमा समुहले ३१ हजार ५ , तुलसीपुर स्थित घ लाईन बस्ने शेषकान्त पराजुली र प्रेमकुमारी पराजुलीले २५ हजार १ सय २५ , बुद्धनगर टोल विकास संस्थाले १५ हजार ५ सय ५५, नेवादवु तुलसीपुर नगरले ११ हजार १ सय ११ रुपैयाँ महायज्ञमा दान गरेका हुन् । मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञको दोस्रो दिन ३ वटा संघसंस्था र १५ जना व्यक्तिगत गरी १८ जनाले रकम दान गरेका छन् । उनीहरुले गरेको दानबाट २ लाख ४६ हजार ७ सय ३२ रुपैयाँ नगद संकलन भएको छ ।